Like us!
Follow us!
Connect us!
Watch us!

एमाले अध्यक्ष ओलीले उद्घाटन गरेको २ बर्ष ९ महिना पछि पनि धरहरा बन्दै, निशुल्क पार्किङ नरोकिने बालेनको स्पष्टोक्ति

अर्थ संसार

सोमबार, २२ माघ २०८०, ०९ : ०७ मा प्रकाशित

एमाले अध्यक्ष ओलीले उद्घाटन गरेको २ बर्ष ९ महिना पछि पनि धरहरा बन्दै, निशुल्क पार्किङ नरोकिने बालेनको स्पष्टोक्ति

धरहरामा निर्माण जारी रहेको भन्दै पार्किङ रोक्न सूचना टाँसिएपछि काठमाडौंका मेयर बालेन आक्रोशित भएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै पार्किङ नरोकिने स्पष्ट पारेका छन् ।

बालेनले आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट उद्घाटन भैसकेको उल्लेख गर्दै धरहरामा निशुल्क पार्किङ गर्ने व्यवस्था गरेपछि "धरहरा निर्माण हुँदैछ पार्किङ बन्द गर्नु" भनी सूचना टाँस गरिनु पछाडि पार्किङको ठेक्का लिएर  नेपाल सरकारको सम्पत्ति माथी रजाइँ गर्ने बदनियत रहेको बताएका छन् ।

उनले लेखेका छन्, "पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो 'नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ' भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।" तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उद्घाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउनु पर्ने बालेनले बताएका छन् ।

निर्माण सम्पन्न नभई उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गर्नुपर्ने भन्दै सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा गर्न नहुने पनि बालेनले बताएका छन् ।

उनले पार्किङ बन्द छैन र बन्द पनि नहुने स्पष्ट पार्दै महानगरको पहलमा अहिलेको लागि निशुल्क सञ्चालन तथा व्यवस्थापन गर्दै लगिने पनि बताएका छन् । आफू काठमाडौ महानगरमा रहुन्जेल कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन नदिने बालेनले स्पष्ट पारेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको