Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड इदी मर्दीले घोषणा गर्यो लाभांश, बुकक्लोज कहिले ?

अर्थ संसार

सोमबार, २२ माघ २०८०, ०९ : ३४ मा प्रकाशित

युनाइटेड इदी मर्दीले घोषणा गर्यो लाभांश, बुकक्लोज कहिले ?

युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले कुल ५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले हालको चुक्ता पुँजीको ५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । बैठकले फागुन १७ गते कास्कीको घारीपाटनस्थित आभ्या क्लबमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । 

कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

लाभांश र साधारणसभा कम्पनीले प्रयोजनार्थ फागुन ४ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात फागुन ३ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको