Like us!
Follow us!
Connect us!
Watch us!

सञ्चालन खर्च बढ्दा चिलिमे हाइड्रोको नाफामा गिरावट

अर्थ संसार

सोमबार, २२ माघ २०८०, १४ : ०६ मा प्रकाशित

सञ्चालन खर्च बढ्दा चिलिमे हाइड्रोको नाफामा गिरावट

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सञ्चालन खर्चमा वृद्धि हुँदा कम्पनीको नाफामा पनि गिरावट भएको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको नाफामा गिरावट भएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा ३७ करोड ५३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा ३९ करोड ७३ लाख रुपैयाँ रहेको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ६१ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ६२ करोड ४८ लाख रुपैयाँ कमाएको थियो ।

सञ्चालन मुनाफा : यस अवधिसम्म कम्पनीले ४० करोड ६४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले ४२ करोड ६० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

वितरणयोग्य मुनाफा : ३७ करोड ५३ लाख ५० हजार रुपैयाँ

प्रति सेयर आम्दानी : ९.४० रुपैयाँ (वार्षिकीकरण गरिएको)

मूल्य आम्दानी अनुपात : ५५.२० गुणा (अन्तिम मूल्य ५१९ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : १३१.८० रुपैयाँ

चुक्ता पूँजी : ७ अर्ब ९८ करोड ३९ लाख रुपैयाँ

जगेडा कोष : २ अर्ब ५३ करोड ८६ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको