Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत बिक्रीको आम्दानीमा भारी गिरावट आउँदा मोदी इनर्जी घाटामा

अर्थ संसार

सोमबार, २२ माघ २०८०, १७ : १९ मा प्रकाशित

विद्युत बिक्रीको आम्दानीमा भारी गिरावट आउँदा मोदी इनर्जी घाटामा

मोदी इनर्जी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीको आम्दानीमा भारी गिरावट हुँदा कम्पनीको घाटा करिब २० करोड पुगेको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको घाटामा भने गिरावट भएको छ । यस त्रैमासमा कम्पनीको खुद घाटा १९ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा ४६ करोड ४७ लाख रुपैयाँ रहेको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट १७ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ३६ करोड १७ लाख रुपैयाँ कमाएको थियो ।

सञ्चालन मुनाफा : यस अवधिसम्म कम्पनीले १४ करोड ४१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले २८ करोड ७४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

वितरणयोग्य मुनाफा : १९ करोड ८६ लाख रुपैयाँले ऋणात्मक

प्रति सेयर आम्दानी : (१३.७०) रुपैयाँ (वार्षिकीकरण गरिएको)

मूल्य आम्दानी अनुपात : (१७.४४) गुणा (अन्तिम मूल्य २३९ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : ६८.२९ रुपैयाँ

चुक्ता पूँजी : २ अर्ब ९० करोड रुपैयाँ

जगेडा कोष : ९१ करोड ९६ लाख रुपैयाँले ऋणात्मक

कम्पनीले २० मेगावाटको तल्लो मोदी खोला जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको