Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तको ब्याज आम्दानी घट्दा नाफा प्रभावित

अर्थ संसार

मंगलबार, २३ माघ २०८०, १६ : ०६ मा प्रकाशित

महुली लघुवित्तको ब्याज आम्दानी घट्दा नाफा प्रभावित

महुली लघुवित्त वित्तीय संस्थाले यस आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ब्याज आम्दानी घटेपनि इम्पेयरमेन्ट चार्ज उल्लेख्य रुपमा घट्दा लघुवित्तको नाफामा सामान्य गिरावट भएको छ ।

खुद नाफा - दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफामा गिरावट भएको देखिन्छ ।  लघुवित्तले यस आर्थिक वर्षको पहिलो ६ महिनामा दुई करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यसै अवधिसम्म लघुवित्तले २ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो । लघुवित्तको खुद नाफा १.४९ प्रतिशतले घटेको हो ।

खुद ब्याज आम्दानी - लघुवित्तको यस त्रैमास सम्म खुद ब्याज आम्दानी भने उल्लेख्य रुपमा घटेको छ । यस त्रैमास सम्म कम्पनीले १२ करोड २३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १५ करोड ९९ लाख खुद ब्याज आम्दानी गरेको थियो । यस सूचक २३.५ प्रतिशतले बढेको देखिन्छ । 

सञ्चालन मुनाफा - लघुवित्तले दोस्रो त्रैमास सम्म ३ करोड ७३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । अघिल्लो वर्ष यहि अवधि सम्म सञ्चालन मुनाफा ३ करोड ७८ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा अहिले १.४५ प्रतिशतले घटेको छ ।

खराब कर्जा अनुपात (एनपिएल) - यस त्रैमास सम्म कम्पनीको खराब कर्जा ४.६४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस अवधिमा खराब कर्जा एनपीएल ४.७९ प्रतिशत रहेको थियो ।

इम्पेयरमेन्ट चार्ज - यस त्रैमाससम्म इम्पेयरमेन्ट चार्ज एक करोड १८ लाख ५६ हजार रुपैयाँ रहेको छ । यस त्रैमासमा मात्र ७२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका रुपमा छुट्ट्याइएको भएको छ । अघिल्लो वर्ष यहि अवधिसम्म पाँच करोड ४२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याइएको थियो  ।

निक्षेप संकलन र कर्जा लगानी - लघुवित्तले एक अर्ब ५७ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यसै अवधिसम्म एक अर्ब ६० करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरी लघुवित्तले ३ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी - ३२ करोड २३ लाख रुपैयाँ

रिजर्भ - २३ करोड १९ लाख रुपैयाँ (अघिल्लो वर्ष रिजर्भमा १९ करोड ५० लाख रहेको )

वितरणयोग्य मुनाफा - ७ करोड ६३ लाख रुपैयाँले ऋणात्मक

प्रतिसेयर आम्दानी - १६.२० रुपैयाँ (वार्षिकीकरण गरिएको)

पीई रेसियो - ५४.६३ गुणा (अन्तिम मूल्य ८८५ हुँदा)

प्रतिसेयर नेटवर्थ - १९५.६६ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको