Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल बढ्दा छिमेक लघुवित्तको नाफामा गिरावट, इपिएस २९.३० रुपैयाँ

अर्थ संसार

बुधबार, २४ माघ २०८०, १० : ४१ मा प्रकाशित

एनपिएल बढ्दा छिमेक लघुवित्तको नाफामा गिरावट, इपिएस २९.३० रुपैयाँ

छिमेक लघुवित्त वित्तीय संस्थाले यस आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ब्याज आम्दानीसँगै फी र कमिशनबाट हुने आम्दानी पनि घट्दा लघुवित्तको नाफामा गिरावट भएको छ ।

खुद नाफा - दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफामा गिरावट भएको देखिन्छ ।  लघुवित्तले यस आर्थिक वर्षको पहिलो ६ महिनामा ४३ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यसै अवधिसम्म लघुवित्तले ५५ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो । लघुवित्तको खुद नाफा २१.५५ प्रतिशतले घटेको हो ।

खुद ब्याज आम्दानी - लघुवित्तको यस त्रैमास सम्म खुद ब्याज आम्दानी भने उल्लेख्य रुपमा घटेको छ । यस त्रैमास सम्म कम्पनीले एक अर्ब ३८ करोड ४७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले एक अर्ब ४३ करोड ६२ लाख खुद ब्याज आम्दानी गरेको थियो । यस सूचक ३.५ प्रतिशतले घटेको देखिन्छ । 

सञ्चालन मुनाफा - लघुवित्तले दोस्रो त्रैमास सम्म एक अर्ब २७ करोड १५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । अघिल्लो वर्ष यहि अवधि सम्म सञ्चालन मुनाफा एक अर्ब ४२ करोड ९४ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा अहिले ११.०५ प्रतिशतले घटेको छ ।

खराब कर्जा अनुपात (एनपिएल) - यस त्रैमास सम्म कम्पनीको खराब कर्जा २.९५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस अवधिमा खराब कर्जा एनपीएल ०.९४ प्रतिशत रहेको थियो ।

इम्पेयरमेन्ट चार्ज - यस त्रैमाससम्म इम्पेयरमेन्ट चार्ज २४ करोड ८ लाख ३६ हजार रुपैयाँ रहेको छ । यस त्रैमासमा मात्र १३ करोड २४ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका रुपमा छुट्ट्याइएको भएको छ । अघिल्लो वर्ष यहि अवधिसम्म २० करोड २९ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याइएको थियो  ।

निक्षेप संकलन र कर्जा लगानी - लघुवित्तले ३१ अर्ब ८८ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरेर ३१ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यसै अवधिसम्म ३० अर्ब ७१ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरी लघुवित्तले ३२ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी - २ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ

रिजर्भ - २ अर्ब ५८ करोड ५३ लाख रुपैयाँ (अघिल्लो वर्ष रिजर्भमा २ अर्ब ४९ करोड ६१ लाख रहेको )

वितरणयोग्य मुनाफा - एक अर्ब २८ करोड ९३ लाख रुपैयाँले ऋणात्मक

प्रतिसेयर आम्दानी - २९.३० रुपैयाँ (वार्षिकीकरण नगरिएको)

पीई रेसियो - २९.७६ गुणा (अन्तिम मूल्य ८७२ हुँदा)

प्रतिसेयर नेटवर्थ - २३१.५२ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको