Like us!
Follow us!
Connect us!
Watch us!

मोलुङ हाइड्रोको वित्तीय अवस्थामा उल्लेख्य सुधार, नेटवर्थ ४९ प्रतिशतले बढ्यो

अर्थ संसार

बुधबार, २४ माघ २०८०, १२ : २१ मा प्रकाशित

मोलुङ हाइड्रोको वित्तीय अवस्थामा उल्लेख्य सुधार, नेटवर्थ ४९ प्रतिशतले बढ्यो

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीको आम्दानीमा गिरावट आएपनि वित्तीय खर्च घट्दा कम्पनीले नाफा बढाएको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको नाफामा वृद्धि भएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा ४५ लाख ७६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको घाटा ५७ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ३ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ४ करोड १२ लाख रुपैयाँ कमाएको थियो ।

सञ्चालन मुनाफा : यस अवधिसम्म कम्पनीले २ करोड १४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले २ करोड २९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

वितरणयोग्य मुनाफा : ४५ लाख ७६ हजार रुपैयाँ

प्रति सेयर आम्दानी : ०.५७ रुपैयाँ (वार्षिकीकरण नगरिएको)

मूल्य आम्दानी अनुपात : ८६९.८१ गुणा (अन्तिम मूल्य ४९६ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : कम्पनीको नेटवर्थमा ४९ प्रतिशतले सुधार आएको छ । अघिल्लो वर्ष ५३.५३ रुपैयाँ रहेको नेटवर्थ यो वर्ष बढेर ७९.७९ रुपैयाँ पुगेको हो ।

चुक्ता पूँजी : ८० करोड २५ लाख रुपैयाँ

जगेडा कोष : १६ करोड २१ लाख रुपैयाँले ऋणात्मक

कम्पनीले ७ मेगावाटको मोलुङ खोला हाइड्रोपावरबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको