Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत बिक्रीको आम्दानी घटेपनि सानिमा माई हाइड्रोको नाफा बढ्यो

अर्थ संसार

बुधबार, २४ माघ २०८०, १४ : ३३ मा प्रकाशित

विद्युत बिक्रीको आम्दानी घटेपनि सानिमा माई हाइड्रोको नाफा बढ्यो

सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीको आम्दानीमा गिरावट आएपनि वित्तीय खर्च घट्दा कम्पनीले नाफा बढाएको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको नाफामा वृद्धि भएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा ३३ करोड ४१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा ३२ करोड ३१ लाख रुपैयाँ रहेको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ४९ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ५० करोड ४९ लाख रुपैयाँ कमाएको थियो ।

सञ्चालन मुनाफा : यस अवधिसम्म कम्पनीले ३६ करोड ९५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले ३८ करोड १८ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

वितरणयोग्य मुनाफा : ३३ करोड ४१ लाख ७ हजार रुपैयाँ

प्रति सेयर आम्दानी : १०.८२ रुपैयाँ (वार्षिकीकरण नगरिएको)

मूल्य आम्दानी अनुपात : ३४.५६ गुणा (अन्तिम मूल्य ३७३.८ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : १८९.१०

चुक्ता पूँजी : ३ अर्ब ८ करोड ९२ लाख रुपैयाँ

सञ्चित मुनाफा : एक अर्ब ४० करोड २७ लाख रुपैयाँ

कम्पनीले २२ मेगावाटको माइ हाइड्रो र त्यसैको क्यास्केड योजना ७ मेगावाटको माइ क्यास्केडबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको