Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा सच्चाई केन्द्रका सञ्चालकलाई ज्यान मार्ने धम्की दिई पाँच करोड माग्ने दुई पक्राउ

अर्थ संसार

विहीबार, २५ माघ २०८०, १२ : ५७ मा प्रकाशित

पोखरामा सच्चाई केन्द्रका सञ्चालकलाई ज्यान मार्ने धम्की दिई पाँच करोड माग्ने दुई पक्राउ

कास्कीको पोखरामा ज्यान मार्ने धम्की दिई पाँच करोड रुपैयाँ माग गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वतको कुश्मा-१४ आर्थर घर भई हाल पोखराको सिमलचौर बस्दै आएका ४२ वर्षीय दीपक बहादुर क्षेत्री र पर्वतकै कुश्मा-२ घर भई हाल पोखराको सिमलचौर बस्दै आएका ३६ वर्षीय लक्ष्मण दर्जी रहेका छन् । उनीहरुले माघ १८ गते देखी कास्कीको पोखरा-१६ लामाचौर घरभई दिप स्थित रहेको सच्चाई सेवा केन्द्रका सञ्चालक तथा सच्चाई केन्द्र नेपालका केन्द्रिय अध्यक्ष प्रकाश दिप गैरेलाई फोन तथा म्यासेज मार्फत हिन्दी भाषामा कुराकानी तथा एसएमएस गरी पाँच करोड रुपैयाँ माग गरेका थिए ।

उक्त रकम नदिएमा निजको परिवार तथा निजलाई समेत ज्यान मार्ने धम्की दिएपछि गैरेले प्रहरीलाई निवेदन दिएका थिए । सोही आधारमा प्रहरीले अनुसन्धान तथा खोजतलास गरी सिमलचौर जाल्पा मन्दिर नजिकै डेरागरी बसेका क्षेत्री र दर्जी पक्राउ गरेको हो । उनीहरुको साथबाट गैरेलाई धम्काउन प्रयोग गरेको एउटा भारतीय सिम, तीनवटा एनसेल सिम, पाँचवटा एनटिसिको सिम, चार सेट मोबाइल प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका मध्ये दर्जीले सच्चाईमा गएर एक-दुई घण्टा बसेर गैरेको नम्बर लिएर आएका थिए । त्यसको पाँच दिनपछि फोनमार्फत धम्की दिएका उनीहरु त्यसपछि दुई दिनपछि फेरि सच्चाईमा पुगेर घटनाको असर बुझेर फर्केको पाइएको प्रहरीले जनाएको छ । उनीहरुलाई २४ गते पक्राउ थप अनुसन्धान प्रकृया अगाडि बढाएको पनि प्रहरीले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको