Like us!
Follow us!
Connect us!
Watch us!

प्रशासनिक खर्च घटाउँदा इस्टर्न हाइड्रोको नाफामा वृद्धि, इपिएस कति?

अर्थ संसार

विहीबार, २५ माघ २०८०, १३ : ३८ मा प्रकाशित

प्रशासनिक खर्च घटाउँदा इस्टर्न हाइड्रोको नाफामा वृद्धि, इपिएस कति?

इस्टर्न हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीको आम्दानी घटेपनि ६३ लाख रुपैयाँले प्रशासनिक खर्च घटाउँदा कम्पनीको नाफामा वृद्धि भएको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको नाफामा वृद्धि भएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा एक करोड ३७ लाख ७० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा ७९ लाख ८१ हजार रुपैयाँ रहेको थियो । कम्पनीको नाफा ७२.५४ प्रतिशतले बढेको हो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ७ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ७ करोड ९४ लाख रुपैयाँ कमाएको थियो ।

सञ्चालन मुनाफा : यस अवधिसम्म कम्पनीले ४ करोड १० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले ३ करोड ८१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

वितरणयोग्य मुनाफा : एक करोड ३७ लाख ७० हजार रुपैयाँ

प्रति सेयर आम्दानी : २.२२ रुपैयाँ (वार्षिकीकरण नगरिएको)

मूल्य आम्दानी अनुपात : २०८.४५ गुणा (अन्तिम मूल्य ४६३ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : ७५.९६

चुक्ता पूँजी : ६२ करोड रुपैयाँ

सञ्चित मुनाफा : १४ करोड ९० लाख रुपैयाँले ऋणात्मक

कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको