Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएलसँगै इम्पेयरमेन्ट चार्ज बढ्दा फरवार्ड लघुवित्त घाटामा, इपिएस कति ?

अर्थ संसार

शुक्रबार, २६ माघ २०८०, ०८ : ५६ मा प्रकाशित

एनपिएलसँगै इम्पेयरमेन्ट चार्ज बढ्दा फरवार्ड लघुवित्त घाटामा, इपिएस कति ?

फरवार्ड लघुवित्त वित्तीय संस्थाले यस आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । एनपिएलसँगै इम्पेयरमेन्ट चार्ज पनि बढेपछि लघुवित्त घाटामा गएको छ ।

खुद नाफा - दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफामा भारी गिरावट भएको देखिन्छ ।  लघुवित्तलाई यस आर्थिक वर्षको पहिलो ६ महिनामा २ करोड ६८ लाख रुपैयाँ घाटा भएको छ । गत वर्ष यसै अवधिसम्म लघुवित्तले १२ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी - लघुवित्तको यस त्रैमाससम्म खुद ब्याज आम्दानी स्थिर नै रहेको छ । यस त्रैमास सम्म कम्पनीले ५६ करोड ९९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ५६ करोड ९९ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

सञ्चालन आम्दानी - लघुवित्तले दोस्रो त्रैमास सम्म ६५ करोड ४५ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । अघिल्लो वर्ष यहि अवधि सम्म कुल सञ्चालन आम्दानी ६७ करोड ७३ लाख रुपैयाँ रहेको थियो ।

खराब कर्जा अनुपात (एनपिएल) - यस त्रैमास सम्म कम्पनीको खराब कर्जा ७.७१ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस अवधिमा खराब कर्जा एनपीएल ३.८१ प्रतिशत रहेको थियो ।

इम्पेयरमेन्ट चार्ज - यस त्रैमाससम्म इम्पेयरमेन्ट चार्ज ३७ करोड ८० लाख रुपैयाँ रहेको छ । यस त्रैमासमा मात्र ७ करोड ३० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका रुपमा छुट्ट्याइएको भएको छ । अघिल्लो वर्ष यहि अवधिसम्म २१ करोड ३५ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याइएको थियो  ।

निक्षेप संकलन र कर्जा लगानी - लघुवित्तले ८ अर्ब ५६ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरेर १९ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यसै अवधिसम्म ८ अर्ब ४३ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन गरी लघुवित्तले १९ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी - १ अर्ब ५ करोड ५५ लाख रुपैयाँ

रिजर्भ - १ अर्ब २२ करोड ३२ लाख रुपैयाँ (अघिल्लो वर्ष रिजर्भमा ९८ करोड ८० लाख रहेको )

वितरणयोग्य मुनाफा - ४२ करोड ३५ लाख रुपैयाँ

प्रतिसेयर आम्दानी - (४.९०) रुपैयाँ

पीई रेसियो - (२३०.४५) गुणा (अन्तिम मूल्य ११३० हुँदा)

प्रतिसेयर नेटवर्थ - २५६.०१ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको