Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत बिक्रीको आम्दानी बढेपछि श्वेत-गंगा हाइड्रो नाफामा

अर्थ संसार

शुक्रबार, २६ माघ २०८०, ०९ : ४० मा प्रकाशित

विद्युत बिक्रीको आम्दानी बढेपछि श्वेत-गंगा हाइड्रो नाफामा

श्वेत-गंगा हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीको आम्दानी बढेसँगै अघिल्लो वर्ष घाटा बेहोरेको कम्पनी हाल नाफामा गएको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको नाफामा वृद्धि भएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा ११ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले एक करोड २७ लाख रुपैयाँ घाटा बेहोरेको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ४६ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट १४ करोड ५५ लाख रुपैयाँ कमाएको थियो ।

सञ्चालन मुनाफा : यस अवधिसम्म कम्पनीले २८ करोड ०८ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले ८ करोड ६१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

वितरणयोग्य मुनाफा : ११ लाख ५४ हजार रुपैयाँ

प्रति सेयर आम्दानी : ०.०७ रुपैयाँ (वार्षिकीकरण नगरिएको)

मूल्य आम्दानी अनुपात : ३२४२ गुणा (अन्तिम मूल्य २२७ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : ८२.६९

चुक्ता पूँजी : एक अर्ब ५९ करोड ३० लाख रुपैयाँ

सञ्चित मुनाफा : २७ करोड ७१ लाख रुपैयाँले ऋणात्मक

कम्पनीले २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको