Like us!
Follow us!
Connect us!
Watch us!

आम्दानीमा भारी गिरावट आउँदा नेपाल रिपब्लिक मिडिया घाटामा, इपिएस कति ?

अर्थ संसार

शुक्रबार, २६ माघ २०८०, ०९ : ५३ मा प्रकाशित

आम्दानीमा भारी गिरावट आउँदा नेपाल रिपब्लिक मिडिया घाटामा, इपिएस कति ?

नेपाल रिपब्लिक मिडियाले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आम्दानीमा भारी गिरावट आउँदा अघिल्लो वर्ष नाफामा रहेको कम्पनी हाल घाटामा गएको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको नाफामा भारी गिरावट भएको छ । यस त्रैमासमा कम्पनीको खुद घाटा ४२ लाख ६४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले तीन करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

आम्दानी - यस अवधिसम्म कम्पनीको आम्दानी ८ करोड ७० लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ कमाएको थियो ।

सञ्चालन मुनाफा : यस अवधिसम्म कम्पनीले २ करोड ५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले ८ करोड ९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

वितरणयोग्य मुनाफा : ४२ लाख ६४ हजार रुपैयाँले ऋणात्मक

प्रति सेयर आम्दानी : (०.४४) रुपैयाँ

मूल्य आम्दानी अनुपात : (९२२.९५) गुणा (अन्तिम मूल्य ४०६.१ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : ८७.९३

चुक्ता पूँजी : ९६ करोड ७५ लाख रुपैयाँ

सञ्चित मुनाफा : ५१ करोड ४० लाख रुपैयाँले ऋणात्मक

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको