Like us!
Follow us!
Connect us!
Watch us!

साहस उर्जाले विद्युत बिक्रीबाट कमायो डेढ अर्ब बढी, नाफा कति ?

अर्थ संसार

शुक्रबार, २६ माघ २०८०, १० : १६ मा प्रकाशित

साहस उर्जाले विद्युत बिक्रीबाट कमायो डेढ अर्ब बढी, नाफा कति ?

साहस उर्जा लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीको आम्दानी बढेसँगै कम्पनीको नाफामा पनि उच्च वृद्धि भएको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको नाफामा वृद्धि भएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा ४५ करोड ८६ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले २१ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट एक अर्ब ५३ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट आम्दानी गरेको थिएन ।

सञ्चालन मुनाफा : यस अवधिसम्म कम्पनीले एक अर्ब ११ करोड ५६ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले २१ करोड ५९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

वितरणयोग्य मुनाफा : ४५ करोड ८६ लाख ३० हजार रुपैयाँ

प्रति सेयर आम्दानी : २६.२९ रुपैयाँ (वार्षिकीकरण गरिएको)

मूल्य आम्दानी अनुपात : २९.५२ गुणा (अन्तिम मूल्य ५६४ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : १७४.५५

चुक्ता पूँजी : तीन अर्ब ५० करोड रुपैयाँ

सञ्चित मुनाफा : दुई अर्ब ६० करोड ३८ लाख रुपैयाँ

कम्पनीले ८६ मेगावाटको सोलुखोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको