Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टको नाफामा भारी गिरावट, इपिएस ५.९१ रुपैयाँमा सीमित

अर्थ संसार

शनिबार, २७ माघ २०८०, १२ : ५० मा प्रकाशित

शिवम् सिमेन्टको नाफामा भारी गिरावट, इपिएस ५.९१ रुपैयाँमा सीमित

शिवम् सिमेन्ट्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । खर्चमा वृद्धि तथा अन्य स्रोतबाट हुने आम्दानीमा भारी गिरावट आउँदा कम्पनीको नाफा व्यापक घटेको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको नाफामा उल्लेख्य गिरावट भएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा १४ करोड ८५ लाख ९७ हजार रुपैयाँमा सीमित हुन पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले ४५ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको नाफा ६७.६६ प्रतिशतले घटेको हो ।

आम्दानी - यस अवधिसम्म कम्पनीको मुख्य व्यापारबाट आम्दानी तीन अर्ब ५१ करोड ९९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले तीन अर्ब ३४ करोड ३० लाख रुपैयाँ कमाएको थियो ।

सञ्चालन मुनाफा : यस अवधिसम्म कम्पनीले १६ करोड ५० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले ४८ करोड ४८ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

वितरणयोग्य मुनाफा : १३ करोड ७५ लाख ७६ हजार रुपैयाँ

प्रति सेयर आम्दानी : ५.९१ रुपैयाँ

मूल्य आम्दानी अनुपात : ८८.८३ गुणा (अन्तिम मूल्य ५२५ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : १८७.६९ रुपैयाँ

चुक्ता पूँजी : ५ अर्ब २ करोड ७० लाख रुपैयाँ

सञ्चित मुनाफा : ३ अर्ब ४५ करोड २० लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको