Like us!
Follow us!
Connect us!
Watch us!

बाढीले प्रोजेक्ट पूर्णरूपमा क्षतिग्रस्त हुँदा शुभम् पावरको आम्दानी शून्य, कम्पनीको घाटा उच्च

अर्थ संसार

शनिबार, २७ माघ २०८०, १७ : १८ मा प्रकाशित

बाढीले प्रोजेक्ट पूर्णरूपमा क्षतिग्रस्त हुँदा शुभम् पावरको आम्दानी शून्य, कम्पनीको घाटा उच्च

शुभम् पावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । गत असार २ गतेको बाढीले कम्पनीको हाइड्रो प्रोजेक्टमा पूर्ण रुपमा क्षति पुर्याउँदा कम्पनीको आम्दानी शून्य भएको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा नाफामा रहेको कम्पनेर चालु आर्थिक वर्षको पुस मसान्तसम्म घाटामा गएको छ । यस त्रैमासमा कम्पनीको खुद घाटा ६४ लाख ४० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले १ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट कुनै पनि आम्दानी गरेको छैन । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट एक करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सञ्चालन मुनाफा : यस अवधिसम्म कम्पनीले एक अर्ब १९ लाख ३८ हजात रुपैयाँ सञ्चालन घाटा बेहोरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले १ करोड २४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

वितरणयोग्य मुनाफा : ६४ लाख ४० हजार रुपैयाँले ऋणात्मक

प्रति सेयर आम्दानी : (६.४४) रुपैयाँ (वार्षिकीकरण गरिएको)

मूल्य आम्दानी अनुपात : (११०.०९) गुणा (अन्तिम मूल्य ७०९ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : ८८.८३

चुक्ता पूँजी : २० करोड रुपैयाँ

सञ्चित मुनाफा : दुई करोड २३ लाख रुपैयाँले ऋणात्मक

कम्पनीले ०.९९० मेगावाटको तल्लो पिलुवा खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको