Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत बिक्रीको आम्दानीसँगै भगवती हाइड्रोको नाफामा पनि वृद्धि, इपिएस पनि स्वस्थ

अर्थ संसार

आइतबार, २८ माघ २०८०, ०९ : ५९ मा प्रकाशित

विद्युत बिक्रीको आम्दानीसँगै भगवती हाइड्रोको नाफामा पनि वृद्धि, इपिएस पनि स्वस्थ

भगवती हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीको आम्दानी बढ्दा कम्पनीको नाफा पनि वृद्धि भएको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको नाफामा वृद्धि भएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा ३ करोड ७७ लाख ५८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले ३ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ८ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ७ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सञ्चालन मुनाफा : यस अवधिसम्म कम्पनीले पाँच करोड ८२ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले ५ करोड ४० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

वितरणयोग्य मुनाफा : तीन करोड ७७ लाख ५८ हजार रुपैयाँ

प्रति सेयर आम्दानी : १६.२५ रुपैयाँ (वार्षिकीकरण गरिएको)

मूल्य आम्दानी अनुपात : ३५.५१ गुणा (अन्तिम मूल्य ५७७.७० रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : ११९.९२

चुक्ता पूँजी : ५७ करोड २० लाख ६४ हजार सात सय रुपैयाँ

सञ्चित मुनाफा : ९ करोड १० लाख रुपैयाँ

कम्पनीले ४.५ मेगावाटको विजयपुर-१ साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको