Like us!
Follow us!
Connect us!
Watch us!

मकर जितुमाया सुरी हाइड्रोको नाफामा वृद्धि, इपिएस कति ?

अर्थ संसार

आइतबार, २८ माघ २०८०, १२ : ३९ मा प्रकाशित

मकर जितुमाया सुरी हाइड्रोको नाफामा वृद्धि, इपिएस कति ?

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीको आम्दानी बढ्दा कम्पनीको नाफा पनि वृद्धि भएको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको नाफामा वृद्धि भएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा १ करोड ७२ लाख २७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले ६१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट १२ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ९ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सञ्चालन मुनाफा : यस अवधिसम्म कम्पनीले आठ करोड एक लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले ५ करोड ९२ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

वितरणयोग्य मुनाफा : १ करोड ७२ लाख २७ हजार रुपैयाँ

प्रति सेयर आम्दानी : २.२६ रुपैयाँ (वार्षिकीकरण नगरिएको)

मूल्य आम्दानी अनुपात : १५८.१५ गुणा (अन्तिम मूल्य ३५८.५ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : ९५.६६

चुक्ता पूँजी : ७६ करोड रुपैयाँ

सञ्चित मुनाफा : ३ करोड २९ लाख रुपैयाँले ऋणात्मक

कम्पनीले ६.४ मेगावाटको सुरीखोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको