Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत बिक्रीको आम्दानी घट्दा छ्याङ्दी हाइड्रो घाटामा, इपिएस कति ?

अर्थ संसार

सोमबार, २९ माघ २०८०, १० : २८ मा प्रकाशित

विद्युत बिक्रीको आम्दानी घट्दा छ्याङ्दी हाइड्रो घाटामा, इपिएस कति ?

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीको आम्दानी घट्दा कम्पनी घाटामा गएको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको घाटामा वृद्धि भएको छ । यस त्रैमासमा कम्पनीको खुद घाटा १० लाख ५२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले एक करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ४ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ५ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सञ्चालन मुनाफा : यस अवधिसम्म कम्पनीले तीन करोड ८२ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले ३ करोड ८५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

वितरणयोग्य मुनाफा : १० लाख ५२ हजार रुपैयाँले ऋणात्मक

प्रति सेयर आम्दानी : (०.५४) रुपैयाँ (वार्षिकीकरण गरिएको)

मूल्य आम्दानी अनुपात : (५४५.८३) गुणा (अन्तिम मूल्य २९७ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : ९१.४९

चुक्ता पूँजी : ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ

सञ्चित मुनाफा : ५ करोड १९ लाख रुपैयाँले ऋणात्मक

कम्पनीले ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको