Like us!
Follow us!
Connect us!
Watch us!

मन्दाकिनी हाइड्रोको नाफामा गिरावट, कारण के ?

अर्थ संसार

सोमबार, २९ माघ २०८०, १० : ४७ मा प्रकाशित

मन्दाकिनी हाइड्रोको नाफामा गिरावट, कारण के ?

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीको आम्दानी घट्दा कम्पनी नाफामा गिरावट भएको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको नाफामा गिरावट भएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा ९५ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले एक करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट २ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ५ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सञ्चालन मुनाफा : यस अवधिसम्म कम्पनीले एक करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले एक करोड २८ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

वितरणयोग्य मुनाफा : ९५ लाख २१ हजार रुपैयाँ

प्रति सेयर आम्दानी : १.६२ रुपैयाँ (वार्षिकीकरण गरिएको)

मूल्य आम्दानी अनुपात : २८३.४६ गुणा (अन्तिम मूल्य ४५९.२ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : १११.३८

चुक्ता पूँजी : ५८ करोड ८० लाख ३६ हजार ९ सय रुपैयाँ

सञ्चित मुनाफा : ६ करोड ६९ लाख रुपैयाँ

कम्पनीले ४ मेगावाटको सर्दी खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको