Like us!
Follow us!
Connect us!
Watch us!

इम्पेयरमेन्ट चार्ज बढ्दा निर्धन उत्थान लघुवित्तको नाफामा भारी गिरावट, इपिएस कति ?

अर्थ संसार

सोमबार, २९ माघ २०८०, ११ : ५९ मा प्रकाशित

इम्पेयरमेन्ट चार्ज बढ्दा निर्धन उत्थान लघुवित्तको नाफामा भारी गिरावट, इपिएस कति ?

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले यस आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । एनपिएलसँगै इम्पेयरमेन्ट चार्ज पनि बढेपछि लघुवित्तको नाफामा भारी गिरावट गएको छ ।

खुद नाफा - दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफामा भारी गिरावट भएको देखिन्छ ।  यस आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्तले २ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यसै अवधिसम्म लघुवित्तले १६ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी - लघुवित्तको यस त्रैमाससम्म खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । यस त्रैमास सम्म कम्पनीले ८९ करोड ८३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ९६ करोड ६७ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

सञ्चालन आम्दानी - लघुवित्तले दोस्रो त्रैमास सम्म ५४ करोड ९२ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । अघिल्लो वर्ष यहि अवधि सम्म कुल सञ्चालन आम्दानी ७३ करोड ६७ लाख रुपैयाँ रहेको थियो ।

खराब कर्जा अनुपात (एनपिएल) - यस त्रैमास सम्म कम्पनीको खराब कर्जा ११.७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस अवधिमा खराब कर्जा एनपीएल ८.३८ प्रतिशत रहेको थियो ।

इम्पेयरमेन्ट चार्ज - यस त्रैमाससम्म इम्पेयरमेन्ट चार्ज ५३ करोड ५७ लाख रुपैयाँ रहेको छ । यस त्रैमासमा मात्र १४ करोड ७७ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका रुपमा छुट्ट्याइएको भएको छ । अघिल्लो वर्ष यहि अवधिसम्म ४१ करोड १२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याइएको थियो  ।

निक्षेप संकलन र कर्जा लगानी - लघुवित्तले १९ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरेर २३ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यसै अवधिसम्म १९ अर्ब ११ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरी लघुवित्तले २४ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी - २ अर्ब ६१ करोड २० लाख रुपैयाँ

रिजर्भ - १ अर्ब ८३ करोड १० लाख रुपैयाँ (अघिल्लो वर्ष रिजर्भमा एक अर्ब ८३ करोड ३९ लाख रहेको )

वितरणयोग्य मुनाफा - ६ करोड ९५ लाख रुपैयाँ

प्रतिसेयर आम्दानी - १.९६ रुपैयाँ

पीई रेसियो - ३४६.५ गुणा (अन्तिम मूल्य ६७९ हुँदा)

प्रतिसेयर नेटवर्थ - १७३ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको