Like us!
Follow us!
Connect us!
Watch us!

थ्रीस्टार हाइड्रो साढे १२ लाख रुपैयाँ घाटामा, नेटवर्थ ८०.८१ रुपैयाँ

अर्थ संसार

सोमबार, २९ माघ २०८०, १५ : २१ मा प्रकाशित

थ्रीस्टार हाइड्रो साढे १२ लाख रुपैयाँ घाटामा, नेटवर्थ ८०.८१ रुपैयाँ

थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीबाट आम्दानी थालेपनि कम्पनीले घाटा बेहोरेको ।

खुद नाफा/घाटा - यस त्रैमासमा कम्पनीको खुद घाटा १२ लाख ४३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो त्रैमाससम्म कम्पनीले चार करोड २९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ९ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो त्रैमाससम्म कम्पनीले विद्युत व्यापारबाट ६ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सञ्चालन मुनाफा : यस अवधिसम्म कम्पनीले सात करोड ५९ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । अघिल्लो त्रैमाससम्म कम्पनीले ५ करोड ६४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

वितरणयोग्य मुनाफा : १२ लाख ६३ हजार रुपैयाँले ऋणात्मक

प्रति सेयर आम्दानी : -०.५१ रुपैयाँ (वार्षिकीकरण गरिएको)

मूल्य आम्दानी अनुपात : (११८८.९४) गुणा (अन्तिम मूल्य ६१० रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : ८०.८१ रुपैयाँ

चुक्ता पूँजी : ४९ करोड २५ लाख रुपैयाँ

सञ्चित मुनाफा : ९ करोड ४५ लाख रुपैयाँले ऋणात्मक

कम्पनीले खोटाङमा ७.१५ मेगावाटको सापसुप खोला स्मल जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको