Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर तामाकोशीले विद्युत बिक्रीबाट कमायो ५ अर्ब ३५ करोड, कम्पनी भने पौने २६ करोड घाटामा

अर्थ संसार

मंगलबार, ०१ फागुन २०८०, ०९ : ४४ मा प्रकाशित

अप्पर तामाकोशीले विद्युत बिक्रीबाट कमायो ५ अर्ब ३५ करोड, कम्पनी भने पौने २६ करोड घाटामा

अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी बढेपनि कम्पनीले घाटा बेहोरेको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको नाफामा गिरावट भएको छ । यस त्रैमासमा कम्पनीको खुद घाटा २५ करोड ७६ लाख ४० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले एक अर्ब ७२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ५ अर्ब ३५ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ४ अर्ब ९८ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सञ्चालन मुनाफा : यस अवधिसम्म कम्पनीले तीन अर्ब १६ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले दुई अर्ब ७८ करोड ६२ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

वितरणयोग्य मुनाफा : २५ करोड ७६ लाख ४० हजार रुपैयाँ

प्रति सेयर आम्दानी : (१.३२) रुपैयाँ (वार्षिकीकरण गरिएको)

मूल्य आम्दानी अनुपात : (१६०.६) गुणा (अन्तिम मूल्य २१२ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : ६१.११

चुक्ता पूँजी : १९ अर्ब ४७ करोड ८० लाख ४७ हजार रुपैयाँ

सञ्चित मुनाफा : सात अर्ब ५७ करोड रुपैयाँले ऋणात्मक

कम्पनीले ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको