Like us!
Follow us!
Connect us!
Watch us!

आम्दानी घट्दा नेपाल टेलिकमको नाफामा गिरावट, इपिएस कति?

अर्थ संसार

मंगलबार, ०१ फागुन २०८०, १२ : ४६ मा प्रकाशित

आम्दानी घट्दा नेपाल टेलिकमको नाफामा गिरावट, इपिएस कति?

नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार आम्दानीमा गिरावट आउँदा कम्पनीको नाफा पनि घटेको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको नाफामा गिरावट भएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा तीन अर्ब ९३ करोड १४ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको नाफा ७.६६ प्रतिशतले घटेको हो ।

आम्दानी - यस अवधिसम्म कम्पनीको मुख्य व्यापारबाट आम्दानी १७ अर्ब २४ करोड ६७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले १८ अर्ब ७ करोड ७३ लाख रुपैयाँ कमाएको थियो ।

सञ्चालन मुनाफा : यस अवधिसम्म कम्पनीले ९ अर्ब ९२ करोड ४३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले १० अर्ब २४ करोड ६४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

वितरणयोग्य मुनाफा : तीन अर्ब ९३ करोड १४ लाख रुपैयाँ

प्रति सेयर आम्दानी : ४३.६८ रुपैयाँ

मूल्य आम्दानी अनुपात : २०.६२ गुणा (अन्तिम मूल्य ९००.९ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : ५०३.७६ रुपैयाँ

चुक्ता पूँजी : १८ अर्ब रुपैयाँ

सञ्चित मुनाफा : ७२ अर्ब ६० करोड ९६ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको