Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकले तीन प्रदेशका तीन सरकारी विद्यालयलाई सहयोग गर्ने

अर्थ संसार

मंगलबार, ०९ माघ २०८०, २२ : २० मा प्रकाशित

माछापुच्छ्रे बैंकले तीन प्रदेशका तीन सरकारी विद्यालयलाई सहयोग गर्ने

माछापुच्छ्रे बैंकले विभिन्न प्रदेशका सरकारी विद्यालयहरूलाई सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरूलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको हो ।

बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित शारदा नगरपालिका– १५, माल्नेटामा रहेको श्री त्रिभुवन जन माध्यमिक विद्यालयमा खानेपानी सुविधाका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सहयोग गर्ने भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी नगरपालिका– ६, बडेहाँस्थित श्री शैलेश्वरी उच्च माध्यमिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न गर्ने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकले दुवै विद्यालयसँग हस्ताक्षर गरेको छ ।

त्यसैगरी, बैंकले बागमती प्रदेशको काठमाडौं महानगरपालिका– ४, लम्टङ्गिनस्थित पञ्चकन्या आधारभूत विद्यालयलाई आवश्यक सभाहलको निर्माणका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । 

विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानी तथा शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेको जानकारी पाएपश्चात् बैंकले ती दुई सरकारी विद्यालयको अवस्था अवलोकन गरी सहयोग गर्ने निर्णय गरेको हो । 

विद्यालयको पूर्वाधार निर्माण गर्नेसम्बन्धी सम्झौतापत्रमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिको तर्फबाट अध्यक्ष तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौताबमोजिम अब बैंकले श्री त्रिभुवन जन माध्यमिक विद्यालय परिसरमा खानेपानी सुविधाका लागि आवश्यक पूर्वाधार र श्री शैलेश्वरी उच्च माध्यमिक विद्यालय परिसरमा शौचालय निर्माण गरी हस्तान्तरण गर्नेछ । 

यसैगरी, काठमाडौं महानगरपालिकाको नमुना विद्यालयको वर्गीकरणमा परेको पञ्चकन्या आधारभूत विद्यालयमा आवश्यक सभाहलको अभावका कारण विभिन्न शैक्षिक कार्यक्रमहरूको आयोजनामा समस्या देखिएको भन्दै सभाहल निर्माणका लागि आएको आग्रहअनुसार बैंकले उक्त स्कुलमा सभाहल निर्माण गर्ने निर्णय गरेको हो । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानमा विभिन्न संघसंस्थाहरूसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकासलगायतका क्षेत्रहरूमा काम गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको