Like us!
Follow us!
Connect us!
Watch us!

बुधबारको कुल कारोबार मध्य ४१.९१% हिस्सा हाइड्रो कै मात्र, ट्रेडरहरु आक्रामक रुपमा फाइनान्समा

अर्थ संसार

बुधबार, ०२ फागुन २०८०, १८ : १२ मा प्रकाशित

बुधबारको कुल कारोबार मध्य ४१.९१% हिस्सा हाइड्रो कै मात्र, ट्रेडरहरु आक्रामक रुपमा फाइनान्समा

मंगलबार घटेको सेयरबजार बुधबार सेयरबजारमा सामान्य अङ्कले बढेर बन्द भयो भने सवा चार अर्ब रुपैयाँ बढिको कारोबार भएको छ । 

सोमबार मौद्रिक नीतिको समिक्षा आए संगै मंगलबार ३०.५६ अङ्कले  बजार घटेको थियो। समिक्षामा नेपालको पुंजीबजारलाई असर गर्ने कुनै पनि नीति आएको थिएन। जसका कारण मंगलबार घटेको बजार तुरुन्तै आज बुधबार फर्केर ५.९१ अङ्कले बढेर २०७६.५० विन्दुमा बन्द भएको हो ।

बुधबार पनि सेयरबजारमा लगानीकर्ताको आर्कषण हाइड्रो नै देखिएको छ। कुल कारोबारको ४१.९१ प्रतिशत कारोबार हाइड्रोपावर मै देखिएको छ। बुधबार सबैभन्दा धेरै बढ्ने १० कम्पनी मध्य ३ हाइड्रो कै देखिएको छ।  बुधबार ४ अर्ब २५ करोडको कुल कारोबार रहँदा त्यस मध्ये १ अर्ब ७८ करोड हाइड्रोको मात्रै सेयर किनबेच भएको छ। 

तेस्तै, बुधबार ट्रेडरहरु आक्रामक रुपमा फाइनान्स समूहमा लागेको देखिन्छ।  बुधबार मात्रै यस समूहको ७६ करोड ८१ लाख बराबरको फाइनान्स समूह​ किनबेच भए। ​कुल कारोबारको १८ प्रतिशत भाग यस समूहले ओगटेको देखिन्छ। 

आज सबै भन्दा धेरै बढ्ने १० कम्पनी मध्य फाइनान्स समूह​का मात्रै ५ कम्पनी रहेका छन्। 

जलविद्युत र फाइनान्समा सेयर बजार रमाउँदा अरु समूहका सेयरमा भने बजारको आकर्षण देखिदैन। अरु कुनै पनि समूहको कुल कारोबारको १० प्रतिशत पनि हिस्स ओगटेका  छैनन। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको