Like us!
Follow us!
Connect us!
Watch us!

ग्राहकले भनेको जस्तै गरिदियो कामना सेवाले : भिडियो केवाईसी मार्फत अनलाईन खाता खोल्न सकिने

अर्थ संसार

सोमबार, ०७ फागुन २०८०, १० : ०७ मा प्रकाशित

ग्राहकले भनेको जस्तै गरिदियो कामना सेवाले : भिडियो केवाईसी मार्फत अनलाईन खाता खोल्न सकिने

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरूलाई अनलाईन माध्यमबाट खाता खोली ग्राहक पहिचान विवरण (KYC) अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ । उक्त मोड्युल सार्वजनिक भएसंगै कामना सेवा विकास बैंकमा खाता खोल्नको लागि ग्राहक स्वयं उपस्थित हुनु पर्ने छैन । 

अनलाईन माध्यमबाट खाता खोल्न सक्ने व्यवस्था यस अघी नै गरिएको भएतापनी ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्नको लागि बैंकमा स्वयं उपस्थित नै हुनुपर्ने व्यवस्था थियो । उक्त प्रविधिलाई थप परिष्कृत बनाउँदै ग्राहकहरूले अनलाईन खाता खोल्ने क्रममा बैंक प्रतिनिधीसँग आफुलाई पायक पर्ने समय तय गरेर वा अनलाईन खाता खोल्ने क्रममा माग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरि आफ्नो ग्राहक पहिचान विवरण (KYC)अद्यावधिक गर्ने सकिने छ । 

यो सुविधा प्रयोग गर्न बैंकको डिजिटल प्लाटफर्म www.digiaccount.kamanasewabank.com मार्फत् खाता खोल्न र आफ्नो विवरण अद्यावधिक गर्न सकिने छ । बैंकले यो व्यवस्था ल्याएसंगै स्वदेश तथा विदेशमा रहेकाहरुले आफु अनुकुल विभिन्न प्रकारका खाता खोल्न सकिने भएको छ ।

 बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले आफ्नो खाता खोलेर डिम्याट, मेरो शेयर लगायतका सुविधाहरु प्रयोग गर्न सकिने बैंकले जनाएको छ । बैंकले अनलाईन खाता खोल्ने प्रकृयाको विस्तृत विवरण समेत सार्वजनिक गरेको छ ।

उक्त भिडियो बैंकको वेभसाईट तथा अन्य सामाजिक संजालमा राखिएको बैंकले जनाएको छ । डिजिटल प्रविधीलाई अधिकतम प्रयोग गर्दै आईरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा रहेका १३५ संजाल तथा ७७ वटा एटिएमवाट आफ्ना अत्याधुनिक सेवा सुविधा प्रदान गर्दै आइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको