Like us!
Follow us!
Connect us!
Watch us!

युक्रेन युद्ध र हमास-इजरायल द्वन्दले बेलायती हतियार कम्पनीलाई फलिफाप, कमायो रेकर्ड मुनाफा

अर्थ संसार

बुधबार, ०९ फागुन २०८०, १७ : ५७ मा प्रकाशित

युक्रेन युद्ध र हमास-इजरायल द्वन्दले बेलायती हतियार कम्पनीलाई फलिफाप, कमायो रेकर्ड मुनाफा

युक्रेन युद्ध र हमास-इजरायल द्वन्दबीच बेलायती हतियार निर्माता कम्पनीले रेकर्ड मुनाफा आर्जन गरेको छ ।

बेलायतको हतियार निर्माता कम्पनी बिएई सिस्टम्सले युद्धबाट उल्लेख्य मुनाफा कमाउन सफल भएको हो । सन् २०२३ मा कम्पनीले हतियार बिक्रीबाट अहिलेसम्मकै सबैभन्दा धेरै अर्थात २५.३ बिलियन युरो आम्दानी गर्न सफल भएको जनाएको छ । कम्पनीको ब्याज र कर अघिको आम्दानी पनि हालसम्मकै उच्च अर्थात २.७ बिलियन युरो पुगेको छ । विश्व अशान्त बन्दै जाँदा हतियार कम्पनीको सेयर भाउ भने उच्च हुँदै गएको छ । फेब्रुअरी २२ पछि उक्त कम्पनीको सेयर हालसम्म २ सय प्रतिशतले बढिसकेको छ ।

बिएई सिस्टम्सले आणविक पनडुब्बी, फाइटर जेट, ट्याङ्क, पानीजहाज लगायत बन्दुक पनि निर्माण तथा उत्पादन गर्नेगर्दछ । मध्यपूर्वको युद्ध, युरोपमा अस्थीरता जस्ता कारणले आगामी वर्ष पनि कम्पनीको व्यापार र नाफा दिगो रहने कम्पनीले अपेक्षा गरेको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको