Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ७१ करोड नाघ्यो, बीमा कोषमा १६% वृद्धि

अर्थ संसार

मंगलबार, २७ साउन २०८२, ०८ : १४ मा प्रकाशित

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ७१ करोड नाघ्यो, बीमा कोषमा १६% वृद्धि

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार कम्पनीले समीक्षा अवधिमा ७१ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ६८ करोड ८१ लाख रुपैयाँभन्दा ३.६३ प्रतिशतले बढी हो।


जगेडा, कोष र इक्विटीमा सुधार

गत वर्ष कम्पनीको विशेष जगेडा २ अर्ब ५० करोड रुपैयाँमै स्थिर रह्यो। महाविपत्ति कोष भने १८ करोड ८२ लाख रुपैयाँबाट बढेर २२ करोड ४३ लाख रुपैयाँ पुगेको छ।
रिटेन्ड अर्निङ अघिल्लो वर्षको १ अर्ब १० करोड ४ लाख रुपैयाँबाट घटेर ९५ करोड ५० लाख रुपैयाँमा पुगेको छ।
अन्य इक्विटी भने १ अर्ब १६ करोड ८१ लाख रुपैयाँबाट बढेर १ अर्ब २१ करोड ९२ लाख रुपैयाँमा पुगेको छ।


बीमा कोषमा १६ प्रतिशतभन्दा बढीको वृद्धि

समीक्षा वर्षमा कम्पनीको बीमा कोषको आकार ५ अर्ब ७५ करोड २० लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको ४ अर्ब ९५ करोड ७९ लाख रुपैयाँको तुलनामा यो १६.०२ प्रतिशतले वृद्धि हो।


कुल र खुद बीमाशुल्कको अवस्था

कम्पनीले गत वर्ष ४ अर्ब १६ करोड ९५ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्‍यो, जुन अघिल्लो वर्षको तुलनामा ०.५४ प्रतिशतले घटेको हो।
तर, खुद बीमाशुल्कमा भने सुधार देखिएको छ। समीक्षा वर्षमा खुद बीमाशुल्क २ अर्ब ५ करोड ७६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ८४ करोड ४० लाख रुपैयाँभन्दा ११.५८ प्रतिशतले बढी हो।


प्रतिशेयर आम्दानी र नेटवर्थ

२ अर्ब ८० करोड ६५ लाख रुपैयाँ शेयरपुँजी भएको कम्पनीको वार्षिकीकृत ईपीएस अघिल्लो वर्षको २४.५२ रुपैयाँबाट बढेर २५.४१ रुपैयाँमा पुगेको छ।
कम्पनीको पी/ई रेसियो ३३.०७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७४.५६ रुपैयाँ कायम छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको