Like us!
Follow us!
Connect us!
Watch us!

फागुन १ भित्र सेयर किन्नेले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश पाउने

अर्थ संसार

विहीबार, २४ माघ २०८१, ०८ : ३७ मा प्रकाशित

फागुन १ भित्र सेयर किन्नेले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश पाउने

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न ३१औं वार्षिक साधारण सभा बोलाएको छ।

इन्स्योरेन्सको साधारण सभा फागुन १५ गते लिसारा रिसेप्सन, भगवती बहाल, नक्साल, काठमाडौंमा बिहान १०:३० बजे सुरु हुनेछ।

सभामा हाल कायम चुक्ता पूँजीको ३०% नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन, लेखापरीक्षक नियुक्ति, नियमावली संशोधनको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि सभामा निर्णय गरिनेछ।

बुकक्लोज मिति:
इन्स्योरेन्सले फागुन २ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, फागुन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका सेयरधनीहरू साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको