Like us!
Follow us!
Connect us!
Watch us!

शनिबार काठमाडौंमा हिप-हप मेला आयोजना हुँदै

अर्थ संसार

शुक्रबार, ११ फागुन २०८०, १३ : ५६ मा प्रकाशित

शनिबार काठमाडौंमा हिप-हप मेला आयोजना हुँदै

शनिबार काठमाडौंमा हिप-हप मेला आयोजना हुने भएको छ ।
 
नेपाल हिप-हप फाउन्डेसन र अमेरिकी दूतावासले "खुलौँ बोलौँ" भन्ने नारासहित उक्त मेला आयोजना गर्न लागेका हुन् । मेला मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना हुन लागेको हो । मेलामा वर्ड्स बिट्स एन्ड लाइफका चार अमेरिकीसहित नेपाली कलाकारहरूको प्रस्तुती रहने जनाइएको छ । संस्कृति र सामाजिक परिवर्तन र अभिव्यक्ति स्वतन्त्रता लागि शक्तिशाली माध्यमको रूपमा हिप-हपको ऐतिहासिक भूमिका मनाउन मेलाको आयोजना गरिएको जनाइएको छ ।

प्रवेश निशुल्क रहेको मेलामा लाइभ ग्राफिटी आर्ट र भिजुअल आर्ट प्रदर्शनी पनि रहने आयोजकले जनाएको छ । कार्यक्रममा प्रस्तुती दिने नेपाली कलाकारमा लाउने एन्ड ब्याड कम्पनी, फेदम ब्याण्ड, भ्योमा, किरन  नेपाली, प्रोफेसर ट्रीक्स लगायत रहेका छन् । यसैगरी इमपल्स एकेडेमीको प्रस्तुती तथा र्याप ब्याटलमार्फत चर्चित बनेको र बार्जकातर्फबाट पनि कलाकारहरु रहने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको