Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी सबल योजनाका इकाईमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, १३ फागुन २०८०, १० : १९ मा प्रकाशित

कुमारी सबल योजनाका इकाईमा आवेदन दिने आज अन्तिम दिन

कुमारी बैंक कोष प्रबर्द्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘कुमारी सबल योजना’को इकाईहरुमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

योजनाको १० रुपैयाँ अङ्कित १० करोड इकाई माघ २८ गतेदेखि बिक्री खुला गरिएको थियो । कुल एक अर्ब पुँजी रहने १० वर्षे उक्त योजनामा सर्वसाधारण तथा संघसंस्थालाई ८५ प्रतिशत, योजना व्यवस्थापक कुमारी क्यापिटललाई १ प्रतिशत र कोष प्रबर्द्धक कुमारी बैंकलाई १४ प्रतिशत इकाई छुट्ट्याइएको छ ।

यस योजनामा लगानीकर्ताले न्यूनतम एक सय इकाई देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । योजनामा हालसम्म ३१ हजार पाँच सय ४५ जनाले ६ करोड ४५ लाख २४ हजार ३५० इकाईका लाई आवेदन दिएका छन् । आज बैंकिङ समयसम्म यस सार्वजनिक निष्कासनमा आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको