Like us!
Follow us!
Connect us!
Watch us!

सेलिङ प्रेसरले नेप्सेमा फ्री-फल, जानकार भन्छन तीव्र गतिको बाउन्सब्याक भए आश्चर्य मान्नु पर्दैन

अर्थ संसार

सोमबार, १४ फागुन २०८०, ०७ : ४८ मा प्रकाशित

सेलिङ प्रेसरले नेप्सेमा फ्री-फल, जानकार भन्छन तीव्र गतिको बाउन्सब्याक भए आश्चर्य मान्नु पर्दैन

आइतबार पनि सेयरबजारमा ठूलै गिरावट आयो । अघिल्ला ६ कारोबार दिनदेखि घटिरहेको सेयरबजार आइतबार २००० को विन्दुबाट पनि ओरालो लागेको छ ।

अघिल्ला ८ दिनमा मात्रै बजारले १२२ अङ्क गुमाइसकेको छ भने हाल नेप्से परिसूचक १९७९.०२ विन्दुमा रहेको छ । बजार बढ्दा उच्च वृद्धि भएको हाइड्रोपावर र बढ्न नसकेको बैंकिङ उपसूचकमा आइतबार उच्च गिरावट आउँदा बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आइतबार हाइड्रोपावर उपसूचक २.४२ प्रतिशतले घटेको छ भने बैंकिङ उपसूचक पनि १.६३ प्रतिशतले घटेको छ । नेप्सेमा सबैभन्दा बढी पुँजीकरण भएको बैंकिङ र सबैभन्दा धेरै कम्पनी रहेको हाइड्रोपावर समूहमा एकसाथ सेलिङ आउँदा बजार उच्च अङ्कले घटेको बुझ्न सकिन्छ ।

हाइड्रोपावर पावर उपसूचकको कुरा गर्दा बजार न्यून विन्दुमा हुँदा १८९० को विन्दुमा रहेको उपसूचक अहिले पनि २४९७ को उच्च विन्दुमै रहेको छ । लाभांशका हिसाबले खासै आकर्षक नभए पनि क्यापिटल गेन भने यस क्षेत्रले बजारका ट्रडेरले यस क्षेत्रमा मज्जाको गर्न सके। अझ लो क्याप कम्पनी बजार बढ्दा हटकेक कै रुपमा खरिद हुने गरेको छ । 

तर बजार ओरालो लाग्न थालेपछि ट्रेडर पनि आत्तिए संगै बजारले राम्रै फ्रीफल महसुस गरिसकेको छ ।

यता बजार बढ्दा समेत बढ्न नसकेको बैंकिङ उपसूचक साढे तीन वर्ष यताकै न्यून विन्दुमा आइपुगेको छ । अझ पूराना समयलाई हेर्ने हो भने त बैंकिङ उपसूचक वि.सं २०७२ सालमा नै अहिलेको भन्दा उच्च विन्दुमा रहेको थियो । बैंकिङ प्रणाली बारे अनावश्यक अफवाफ फैलिँदा पनि त्यस क्षेत्रमा लगानीकर्ता अत्यधिक प्यानिक हुन थालेको बुझ्न सकिन्छ । कतिपय बैंकहरुको भाउ त नेटवर्थ भन्दा सस्तो समेत हुन थालिसकेका छन् । यसरी हेर्दा लङ स्वीङ लिने तथा भ्यालु इन्भेस्टरहरुलाई अहिले सेयर उठाउने राम्रै अवसर भएको मान्न सकिन्छ ।

बजार घट्दै जाँदा पनि सेयर कारोबार भने तीन अर्ब भन्दा कम नहुनुले लगानीकर्ता आत्तिएको आकंलन गर्न सकिन्छ भने मौका हेरेर बजार २१०० माथि सेयर बेचेर बसेकाले भन्ने किन्ने मौका देखेर सेयर किन्न सुरु गरेको पनि देखिन्छ। यता जानकारहरुले भने बजार फ्रिफलबाट बजार कुनै पनि विन्दुबाट तीव्र गतिको बाउन्सब्याक भए आश्चर्य मान्नु पर्दैन भन्ने गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको