नेपाल धितोपत्र बोर्डको अध्यक्षका दर्खास्त आव्हान भएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीन बहादुर श्रेष्ठ नेतृत्वको छनोट समितिले दर्खास्त आवहान गरेको हो ।
इच्छुक योग्य नेपाली नागरिकले पाँच हजार दस्तुर तिरेर आगामी १५ दिन भित्र अर्थात फागुन ३० गते=सम्म आवेदन दिन सक्नेछन् ।
समितिले तयार पारेको कार्यबिधी अनुसार बोर्ड अध्यक्ष बन्नका लागि धितोपत्र सम्बद्ध विभिन्न क्षेत्रमा कम्तिमा सात बर्षको पेसागत अनुभव र स्नातकोत्तर उतिर्ण भएको हुनुपर्नेछ । बाणिज्य, कानुन, धितोपत्र बजार र ब्यवस्थापन,पुजि बजार बिकाश, आर्थिक, बित्तीय क्षेत्रमा अनुभव हुनेले आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस