Like us!
Follow us!
Connect us!
Watch us!

भरतपुर भ्रमण वर्षको आज उद्घाटन हुँदै

अर्थ संसार

शुक्रबार, १८ फागुन २०८०, १० : १० मा प्रकाशित

भरतपुर भ्रमण वर्षको आज उद्घाटन हुँदै

आज फागुन १८ गते भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन नारायणी नदी किनारमा हुँदैछ । 

आज बिहान ११ बजे प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' बाट भरतपुर भ्रमण बर्ष २०२४ को कार्यक्रम उद्घाटन हुने जनाइएको छ । महानगरका गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने, पर्यटकको संख्या र बसाइँ अवधी वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले भ्रमण वर्षको आयोजना गर्न लागिएको हो । भरतपुर महानगरले आयोजना गर्न लागेको यस भ्रमण वर्षमा करिब २ लाख बाह्य तथा ५ लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरले लक्ष्य लिएको छ ।

नेपालकै एक प्रमुख पर्यटकीय गन्तव्य रहेको चितवनमा अवस्थित भरतपुर महानगरमा विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज रहेको छ । नारायणी र राप्ती नदीले घेरिएको यस महानगर पूरानो समयदेखि नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा रुपमा रहिआएको छ । विविध सम्पदाहरूले भरिपूर्ण भरतपुर महानगरमा भ्रमण गरेर यहाँका पर्यटकीय क्षेत्रहरुको अवलोकन, यहाँका सम्भावनाहरुको पहिचान, तथा बद्लिएको भरतपुरको प्रत्यक्ष अनुभूति गर्ने अपेक्षा महानगरले लिएको छ । सांस्कृतिक अनेकता, भौगोलिक विविधता, प्राकृतिक अवस्था, भू­बनोट आदिको आधारमा महानगरअन्तर्गत थुप्रै गन्तव्यहरू रहेका छन् ।

भरतपुरका प्रमुख पर्यटकीय गन्तव्यमा मेघौली, पटिहानी, देवघाटधाम, ज्ञानेश्वर ब्लक, बीसहजार ताल, नारायणी नदी किनार क्षेत्र, चौकीडाँडा /कविलासगढी लगायत रहेका छन् । यस्तै महानगरपालिकामा प्रमुख पर्यटकीय गन्तव्यसँगै अन्य गन्तव्यहरु जगतपुर, राइनोकुञ्ज, बाटुली पोखरी, कसरा, गोलाघाट, बागेश्वरी रहेका छन् । त्यस्तै महानगरले भरतपुर ११ को गणेशधाम, बी.पी. शान्ति नगर वन, गाँजीपुर, सिमरी टाउन, महाबौद्ध गुम्बा, राइनो ताल, धनगढा मन्दिर, चितवन प्रदर्शनी केन्द्र, बखान बहुउद्देश्य सहकारी संस्था, रानी पोखरी, प्राङ्गारिक कृषि उत्पादन सहकारी संस्था, संयुक्त राप्ती दुन सामुदायिक वन क्षेत्रलाई पनि पर्यटन वर्षमा भ्रमण गन्तव्यका रुपमा स्थापित गर्ने तयारी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको