Like us!
Follow us!
Connect us!
Watch us!

घाइते नगर प्रहरीलाई देखाउँदै बालेनले लेखे - "प्रहरीमाथि आक्रमण गर्ने एमाले कार्यकर्ता हुन्"

अर्थ संसार

शनिबार, १९ फागुन २०८०, २१ : २१ मा प्रकाशित

घाइते नगर प्रहरीलाई देखाउँदै बालेनले लेखे - "प्रहरीमाथि आक्रमण गर्ने एमाले कार्यकर्ता हुन्"

बुधबार नगर प्रहरी र फुटपाथ व्यवसायीबीच भएको भनिएको झडपमा व्यवसायी नभई एमाले कार्यकर्ताको संग्लनता रहेको काठमाडौं महानगरका मेयर बालेन शाहले आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा घाइते नगर प्रहरीको तस्वीरहरु पोस्ट गर्दै उनले एमाले कार्यकर्ताले स्टील रडले आक्रमण गरेको बताएका हुन् । नगर प्रहरीले पहिले आक्रमण गरेको नभई आत्मरक्षा गर्ने क्रममा झडप भएको उनले लेखेका छन् । झडपको भाइरल भिडियोमा देखिएकी महिला पनि एमाले कार्यकर्ता भएको पनि बालेनले बताएका छन् ।

भिडियोको अघिल्लो भाग काटेर सरकारले पछिल्लो भाग मात्र सार्वजनिक गरेको आरोपसमेत बालेनले लगाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको