Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्रोको हकप्रद सेयरमा आवेदन दिने समय तीन दिन मात्र बाकिँ, कति पर्यो आवेदन ?

अर्थ संसार

आइतबार, २० फागुन २०८०, ११ : ०० मा प्रकाशित

सिंगटी हाइड्रोको हकप्रद सेयरमा आवेदन दिने समय तीन दिन मात्र बाकिँ, कति पर्यो आवेदन ?

सिंगटी हाइड्रोले निष्कासन गरेको १ बराबर १ अनुपातको हकप्रद सेयरमा आवेदन दिन अब तीन दिन समय मात्र बाकिँ रहेको छ ।

कम्पनीले कुल एक करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेकोमा हालसम्म २१ लाख ६९ हजार ९८४ कित्ताका लागि मात्रै आवेदन परेको छ । ६५ हजार ९९९ जनाले उक्त हकप्रद सेयरका लागि आवेदन माग गरेका हुन् । कम्पनीले फागुन २ देखि फागुन २२ गतेसम्मका लागि हकप्रद सेयरमा आवेदन खुला गरेको हो । 

कम्पनीले अर्बिट इनर्जी प्रा. लि. र ह्याबिटाट पावर कम्पनी प्रा. लि. मा लगानी गर्ने र ६५ करोड रुपैयाँ ऋण भुक्तानी गर्न कम्पनीले हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल १ अर्ब ४५ करोड चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद निष्कासन तथा बाँडफाँडपश्चात चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ । 

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको