Like us!
Follow us!
Connect us!
Watch us!

त्रिशुलीमा बस खस्दा ५ जनाको मृत्यु

अर्थ संसार

बुधबार, २३ फागुन २०८०, ०७ : ४९ मा प्रकाशित

त्रिशुलीमा बस खस्दा ५ जनाको मृत्यु

कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस त्रिशुली नदीमा खस्दा ५ जनाको ज्यान गएको छ ।

धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसीस्थित पृथ्वी राजमार्ग सडक खण्डबाट बस करिब १०० मिटर तल  खसेर त्रिशुली नदीमा पुगेको हो । बिहान पौने ५ बजेतिर भएको दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् भने ३५ भन्दा बढी यात्रुको उद्धार गरिएको छ । मृतकहरुको सनाखत भने भइसकेको छ । नेपाल विपद् व्यवस्थापन आदमघाटबाट गएको ६ जना गोताखोर सहितको टोलीले नदीमा खसेको बसबाट यात्रुको उद्धार गरेको छ । 

प्रहरीले थप अनुसन्धानका लागि बस चालक ३८ वर्षीय हरिराम हरिजनलाई नियन्त्रणमा लिएको छ । तीव्र गतिको बस अनियन्त्रित भई नदीमा खसेको स्थानीयले जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको