सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको आयोजना प्रभावित स्थानीय, कर्मचारी तथा संस्थापक सेयरको लकइन अवधि समाप्त हुने भएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै आउँदो चैत २६ गते देखि लकइन पिरियड समाप्त हुने जनाएको हो । उक्त कम्पनीको संस्थापक समूहको एक करोड एक लाख ५० हजार कित्ता शेयर, आयोजना प्रभावित स्थानीयको १४ लाख ५० हजार कित्ता तथा कर्मचारीलाई बाँडफाँड गरिएको ५८ हजार कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको हो ।
कम्पनीको सञ्चालक, कार्यकारी प्रमुख, लेखा परीक्षक, कम्पनी सचिव, उच्च व्यवस्थापकीय पदका कर्मचारी, लेखा सम्बन्धि कार्यमा प्रत्यक्ष संलग्न कर्मचारीहरुको हकमा भने सेयर रोक्का नै रहनेछ । कम्पनीले हालै मात्र जारी चुक्ता पुँजी १:१ अनुपातमा हकप्रद सेयर पनि जारी गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस