Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा यी तीन कम्पनीको बोनस सेयर सूचीकृत

अर्थ संसार

विहीबार, २४ फागुन २०८०, १५ : १९ मा प्रकाशित

नेप्सेमा यी तीन कम्पनीको बोनस सेयर सूचीकृत

युनाइटेड अजोड इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स र जीवन विकास लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि युनाइटेड अजोड इन्स्योरेन्स दिएको १०.२६१२ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले १०.२६१२ प्रतिशत बोनस सेयर र ०.५४०१ प्रतिशत नगद गरि कुल १०.८०१३ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप १९ लाख ५४ हजार ३२० कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

आर्थिक वर्ष २०७९/८० का लागि हिमालयन एभरेस्ट इन्स्योरेन्स दिएको ८.६३ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले ८.६३ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप १९ लाख ८६ हजार २२४ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

यसैगरी आर्थिक वर्ष २०७९/८० का लागि जीवन विकास लघुवित्तले दिएको १४ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले १४ प्रतिशत बोनस सेयर र ०.७३६९ प्रतिशत नगद गरि कुल १४.७३६९ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप १६ लाख ५४ हजार ८४७ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको