Like us!
Follow us!
Connect us!
Watch us!

डोनाल्ड ट्रम्पको टिकटक बारे फेरिदो धारणा, गर्न थाले टिकटकको बचाउ

अर्थ संसार

आइतबार, २७ फागुन २०८०, १५ : ०९ मा प्रकाशित

डोनाल्ड ट्रम्पको टिकटक बारे फेरिदो धारणा, गर्न थाले टिकटकको बचाउ

अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्तिले उनको टिकटक बारे फेरिदो धारणा प्रस्तुत भएको छ ।

टिकटक माथिको प्रतिबन्धले फेसबुकको व्यापार दोब्बर हुने भन्दै ट्रम्पले त्यसबारे बदलिँदो धारणा व्यक्त गरेका हुन् । फेसबुकका सिइओ मार्क जुकरवर्गसँग ट्रम्पको खासै राम्रो सम्बन्ध छैन । उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेखेका छन्, "टिकटकलाई प्रतिबन्ध लगाउँदा फेसबुक र जुकरस्मकको व्यापार दोब्बर हुन्छ ।" उनले फेसबुकले राम्रो गरेको आफूले नचाहने समेत बताएका छन् ।

ट्रम्पले फेसबुकलाई जनताको असली दुस्मनको समेत संज्ञा दिएका छन् । ट्रम्पको धारणालाई अर्का फेसबुकका आलोचक टेस्लाका मालिक इलन मस्कले पनि समर्थन गरेका छन् । यता अमेरिकी कङ्ग्रेसले भने टिकटक प्रतिबन्ध बिल अघि बढाइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको