Like us!
Follow us!
Connect us!
Watch us!

एचआइडिसिएलको नगद लाभांश सेयरधनीको बैंक खातामा

अर्थ संसार

आइतबार, २७ फागुन २०८०, २० : १५ मा प्रकाशित

एचआइडिसिएलको नगद लाभांश सेयरधनीको बैंक खातामा

हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले आव ०७९/८० को मुनाफाबाट घोषणा गरेको नगद लाभांश सेयरधनीको खातामा जम्मा गरिदिएको छ ।

सेयरधनीहरुको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा फागुन २७ गते देखि लाभांश जम्मा गर्न थालिएको हो । बुक क्लोज मितिसम्ममा कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांशबापतको रकम सोही खातामा नै जम्मा गरिने व्यवस्था गरिएको छ ।

कम्पनीले गत पुस ५ गते नै ५.२६३ प्रतिशत लाभांश घोषणा गरेको थियो । पुस २९ गते नै साधारणसभा सम्पन्न गरि लाभांश पारित भएपनि लामो समयसम्म लगानीकर्ता बोनस प्राप्त गर्न सकेका थिएनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको