Like us!
Follow us!
Connect us!
Watch us!

भावी अध्यक्ष पदमा सेबोन भित्रैबाट आवेदनको लर्को, सम्भावना कसको?

अर्थ संसार

बुधबार, ३० फागुन २०८०, ०८ : ३७ मा प्रकाशित

भावी अध्यक्ष पदमा सेबोन भित्रैबाट आवेदनको लर्को, सम्भावना कसको?

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि हाल सम्म चार जनाको आवेदन परेको छ । 

स्रोतका अनुसार बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईं धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय डा.नबराज अधिकारी र कृष्ण पोखरेल र राष्ट्र बैंकका पूर्वडेपुटी गर्भनर शिवराज श्रेष्ठले आवेदन दिएका छन्। 

सेबोन कै अर्का कार्यकारी निर्देशन मुक्तिनाथ श्रेष्ठको पनि आवेदन पर्न सक्ने सम्भावना रहेको बुझिएको छ। यस बाहेक [पनि बजारबाट केहि आवेदन पर्ने बुझिएको छ। 

बोर्डको रिक्त अध्यक्ष पदका लागि दरखास्त दिने आज फागुन ३० गते अन्तिम दिन रहेको छ। 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको सिफारिस समितिले गत फागुन १६ गते एक सूचना प्रकाशित गरी धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो। 

इच्छुक उम्मेदवारले आज साँझसम्म अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिन सक्नेछन्।

रमेशकुमार हमालको कार्यकाल सकिएपछि गत पुस २० गते देखि नै धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहेको थियो  .

समितिले आएका आवेदन मध्यबाट मात्र तीनजना उम्मेदवार अध्यक्ष नियुक्तिका लागि सरकार समक्ष सिफारिस गर्नेछ। त्यस मध्यबाटसरकारले एकजनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ।

 नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका कारण पनि यस समय यो पदमा हुने नियुक्तिलाई बढो महत्वका साथ हेरिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको