Like us!
Follow us!
Connect us!
Watch us!

पछिल्लो समय आन्दोलन गर्ने संगठनलाई बेवास्ता गर्दै सेबोनले माग्यो केहि संघलाई बोलाएरै सुझाव

अर्थ संसार

विहीबार, ०१ चैत्र २०८०, २१ : १९ मा प्रकाशित

पछिल्लो समय आन्दोलन गर्ने  संगठनलाई बेवास्ता गर्दै सेबोनले माग्यो केहि संघलाई बोलाएरै सुझाव

अर्थमन्त्री वर्षमान पुनले सेयर बजार सुधारका लागि सरोकारवालासँग छलफल गरी आवश्यक कार्ययोजना पेस गर्न निर्देशन दिए पछ्यात नेपाल धितोपत्र बोर्डले केहि लगानीकर्ता संगठनका नेतालाई बोलाएर बजार सुधारका लागि तत्काल सुधार गर्नु पर्ने सुझाव मागेको छ। 

तर बोर्डले यसपाली पनि पछिल्लो समय आक्रामक रुपमा बजार विकास गर्छु भनेर लागेका संगठनलाई भने बेवास्ता नै गरेको छ।  

केहि समय अगाडी मात्रै सेयर बजारका चार संघ संस्थाले नेपाल धितोपत्र लगानीकर्ता महासंघ घोषणा गरेका थिए। उक्त महासंघलाई पनि बोर्डले बेवास्ता गरेको छ। 

सेयर लगानीकर्ताहरुको साझा माग र हकहितको प्रतिनिधित्व गर्दै साझा र एकीकृत शक्ति निर्माण गर्न भन्दै दर्ता भएका चार संघ (नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, स्वतन्त्र पूंजी बजार सुधार संघ र नेपाल जनरल ईन्भेटरर्स एशोसियसन) लाई सेबोनले यसपाली पनि महत्त्व नै दिएन। 

धितोपत्र बोर्डले छलफलमा नेपाल इन्भेस्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र पुँजीबजार लगानीकर्ता संघलाई  बोलाएको थियो। त्यस बाहेक छलफलमा छलफलमा नेप्सेका सिईओ कृष्णबहादुर कार्की र नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमका सभापति शैलेन्द्र गुरागाईंको सहभागिता थियो। 

विभिन्न समयमा आक्रामक रूपमा प्रस्तुत हुने गरेका आवाजलाई सेबोनले नसमेट्दा भोलि फेरि उठ्न सक्ने हेक्का नियामकले गरेको देखिन्न। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको