Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा डिस्को, दोहोरी आजबाट रातभरि

अर्थ संसार

आइतबार, ०४ चैत्र २०८०, १६ : ३६ मा प्रकाशित

पोखरामा डिस्को, दोहोरी आजबाट रातभरि

पोखरामा आजदेखि डिस्को,दोहोरी, लाइभ म्युजिक जस्ता मनोरञ्जनात्मक व्यवसायहरु रातभर खुल्ने भएका छन् ।

पोखरा महानगरलाई देशकै पर्यटनको राजधानी घोषणा गर्ने कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डिस्को, दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसाय रातभरि खुला हुने जानकारी दिएका हुन् । बेगनास तालमा रोकिएको क्रुज सिप पनि फेरि सञ्चालन हुने भएको छ भने थप पर्यटकीय पूर्वाधार विकास गरिने भएको छ ।

पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वी चोकसम्म सटलबस, फेवा सर्किट, भिउ फेवा ट्रेकिङ ट्रेल जस्ता योजनाहरु पनि सम्पन्न गरि सञ्चालनमा ल्याइने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको