Like us!
Follow us!
Connect us!
Watch us!

सहकारी हिनामिना प्रकरणमा पक्राउ परेका दीपेश पुन आठ दिन हिरासतमै रहने

अर्थ संसार

आइतबार, ०४ चैत्र २०८०, १६ : ५१ मा प्रकाशित

सहकारी हिनामिना प्रकरणमा पक्राउ परेका दीपेश पुन आठ दिन हिरासतमै रहने

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलाई थप आठ दिन हिरासतमै राख्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको छ ।

शुक्रबार काठमाडौँबाट पक्राउ परेका पुनलाई आइतबार रुपन्देही जिल्ला अदालतमा म्याद थपका लागि पेस गरिएको थियो । शुक्रबार नै रुपन्देही ल्याइएका पुनविरुद्ध  सुप्रिम सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोप छ । उक्त प्रकरणमा मुख्य आरोपित जीवी राई भने हालसम्म फरार नै रहेका छन् ।

सहकारीले रुपन्देही लगायतका जिल्लाबाट उठाइएको बचतकर्ताको करिब एक अर्ब ८ करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ । पुनसहित सहकारीका अध्यक्ष ओम गुरुङ र भैरहवाका शाखाकी प्रमुख दुर्गा चापागाईँ प्रहरीको नियन्त्रणमा रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको