Like us!
Follow us!
Connect us!
Watch us!

रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ८ जनाको मृत्यु

अर्थ संसार

सोमबार, ०५ चैत्र २०८०, २१ : २८ मा प्रकाशित

रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ८ जनाको मृत्यु

रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

सोमबार साँझ ५:२० बजे बाग्लुङको निसीखोला गाउँपालिका-६ जाउलेपानीमा यात्रुवाहक बस सडकदेखि १ सय ५० मिटर तल खसेको हो । सडकबाट खसेर बस खोंचमा परेको छ । बाग्मती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको उक्त बस आज बिहान साढे ११ बजे रुकुम पश्चिमबाट छुटेको थियो ।

घटनामा ज्यान गुमाउनेमा ५ पुरुष र ३ महिला रहेको प्रहरीले जनाएको छ । मृतकको सनाखत भने भइसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको