कुमारी सबल योजना म्युचुअल फन्डका इकाई नेप्सेमा सुचीकृत भएको छ ।
मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच १० रुपैयाँ अङ्कित मूल्यका ७ करोड ४४ लाख ७५ हजार ७० इकाई सामूहिक लगानी कोष सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीले सर्वसाधारण समक्ष कुमारी क्यापिटल लिमिटेड मार्फत इकाई धितोपत्र खुल्ला बिक्री आव्हान गरेको थियो ।
अब भोलिबाट नेप्सेमा उक्त म्युचुअल फन्डको सेयर कारोबार गर्न सकिनेछ । कुमारी क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजना अन्तर्गतको यस फन्डलाई दोस्रो बजारमा कारोबारका लागि KSY टिकर अर्थात स्टक सिम्बोल प्रदान गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस