Like us!
Follow us!
Connect us!
Watch us!

पैसाको अभाव हैन, लगानी गर्ने क्षमता भएन : अर्थमन्त्री पुन

अर्थ संसार

बुधबार, ०७ चैत्र २०८०, १६ : ४५ मा प्रकाशित

पैसाको अभाव हैन, लगानी गर्ने क्षमता भएन : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले अहिले पैसाको अभाव नभएको बरु लगानी गर्ने क्षमता नभएको बताएका छन् ।

संसदमा प्रिबजेट सेसनको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले विदेशी सहयोग प्रतिबद्धता मात्रै पाँच खर्ब भन्दा बढी रहेको बताएका हुन् । तर देशको पुँजीगत बजेट खर्च तीन खर्ब मात्रै रहेको पनि पुनले बताए । उनले अब पैसा जुटाउने भन्दा खर्च गर्नुपर्ने सकारात्मक चुनौती देखा परेको बताए । पहिले ४० प्रतिशतसम्म वैदेशिक सहायता उपयोग हुँदै आएकोमा अहिले ६-७ प्रतिशतमा सीमित हुन पुगेको हुँदा त्यसबारे समीक्षा हुनुपर्ने पनि उनले बताए ।

आफ्नो अघिल्लो कार्यकालमा पाँच खर्बको बजेट हुँदा अर्थमन्त्रालयको जनशक्ति ९ हजार रहँदा अहिले १७ खर्बको बजेट हुँदा अर्थमन्त्रालयको जनशक्ति साढे ६ हजारमा घटेको उल्लेख गर्दै के कारण यस्तो भयो भन्ने बारे अध्ययन गर्नु पर्ने बताए । राजस्व पनि प्रक्षेपण गरिएभन्दा निकै कम उठ्ने गरेको सन्दर्भ उल्लेख गर्दै आयको अनुमान यथार्थपरक हुन नसकेको पनि पुनले बताए ।

प्रधानमन्त्रीको नीति तथा कार्यक्रम, अर्थमन्त्रीको बजेट र प्रतिपक्षीको मौद्रीक नीति भएको भन्दै व्यङ्ग्यसमेत भएको उल्लेख गर्दै मौद्रीक नीति र वित्त नीतिको तादम्यता कायम रहने प्रतिबद्धता व्यक्त गरे । नीति तथा कार्यक्रमका प्राथमिकता बजेटले बोक्ने पनि पुनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको