Like us!
Follow us!
Connect us!
Watch us!

रिडी पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय समाप्त, कति पर्यो कुल आवेदन ?

अर्थ संसार

विहीबार, ०८ चैत्र २०८०, १७ : १५ मा प्रकाशित

रिडी पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय समाप्त, कति पर्यो कुल आवेदन ?

रिडी पावर कम्पनी लिमिटेडले जारी गरेको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने समय समाप्त भएको छ ।

आज कार्यालय समयसम्म आवेदन दिने समय रहेकोमा कुल निष्कासनको ६५.१४ प्रतिशत आवेदन परेको छ । कम्पनीले चुक्तापुँजीको शतप्रतिशत अर्थात १:०.५ अनुपातमा प्रति सेयर १०० रूपैयाँका दरले ७७ करोड रुपैयाँ ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । निष्कासित ७७ लाख ४४ हजार ५०६ कित्ता मध्ये ५९ हजार १ सय ५९ जनाले ५० लाख ४५ हजार ४ सय ९४ कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अवितरित बाकिँ सेयर अब लिलामी मार्फत बिक्री गरिनेछ । लिलामी सेयरमार्फत बिक्री गर्दा कम्पनीले प्रिमियमसमेत पाउने हुँदा कम्पनीहरु लिलामी मार्फत नै सेयर बेच्न थप इच्छुक हुने गरेका छन् । हकप्रद नभर्दा भने लगानीकर्ताहरुले मूल्य समायोजनको लाभ लिन सक्दैनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको